दफा २०
प्राधिकरणको अधिकार
: (१) प्राधिकरणको अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) स्वदेशी संस्था बैंक वा व्यक्तिबाट ऋण लिने,
(ख) विदेशी सरकार वा विदेशी संस्था र अन्तरराष्ट्रिय संस्थाबाट ऋण लिने,
(ग) ग्राहकबाट विद्युत महसुल र सेवा शुल्क उठाउने,
(घ) विदेशी मुलुकलाई विद्युत बिक्री गर्ने वा विदेशी मुलुकबाट विद्युत खरीद गर्ने,
(ङ) प्राधिकरणको कोषमा रहेको रकम लगानी गर्ने,
(ङ१) प्राधिकरणले वितरण गरेको विद्युतको अनाधिकार उपभोग नियन्त्रण गर्ने,
(च) निजी क्षेत्रबाट उत्पादित विद्युत शक्ति खरीद गर्ने,
(छ) आफ्नो काम र कर्तव्य पूरा गर्नको लागि अपरिहार्य र आवश्यक सबै काम गर्ने ।
(२) उपदफा (१) खण्ड (ख) र (घ) बमोजिमको अधिकार प्रयोग गर्दा प्राधिकरणले नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्नेछ ।